Connect IPS
IME Life
Beema Board

सर्वाधिक लाभांश घोषणा पछि महिला लघुवित्तमा लाग्यो सर्किट, अधिकतम रेकर्ड तोड्न सक्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दोस्रो बजारमा सूचिकृत लघुवित्त वित्तीय संस्था मध्ये सबैभन्दा महंगो महिला लघुवित्तले आज ५० प्रतिशत लाभांश घोषणा गर्यो त्यसमा पनि ४५ प्रतिशत बोनश शेयर । प्रतिशेयर आम्दानी ९२ रुपैयाँ रहेको महिलाले नेपाल राष्ट्र बैंकको कडाइका कारण ५० प्रतिशत मात्रै लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

Prabhu
Crest

राष्ट्र बैंकले २० प्रतिशत भन्दा धेरै लाभांश घोषणालाई निरुत्साहित गर्ने नीति लिएको छ । वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनश) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गरेको छ । महिलाले ५० प्रतिशत लाभांश घोषणा गर्दा ३० प्रतिशत अर्थात तीन करोड रुपैयाँको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्नेछ । ९ करोड २९ लाख रुपैयाँ मुनाफा गरेको संस्थाले ५ करोड रुपैयाँ शेयरधनीहरुलाई वितरण गर्नेछ भने बाँकी एक करोड ५० लाख रुपैयाँ साधारण जगेडा कोषमा जम्मा गर्नेछ । महिलाको लागि एक करोड ५० लाख खासै ठुलो समस्या होइन । त्यसैले गर्दा पनि संस्थाले पूँजी बढाउने नीति लिएको हो ।

आकर्षक लाभांश घोषणा सँगै आइतबार संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोस्रो बजारमा सूचिकृत हुने वित्तीकै लगातार सर्किट लाग्ने क्रममा संस्थाको शेयर मूल्य अधिकतम ५३०० रुपैयाँ पुगेको थियो । तर विचमा शेयर बजार तल झर्दा ४०६८ रुपैयाँसम्म झर्यो । तर आज सर्किट लागेर ५२८० रुपैयाँ पुगेको छ । यस अवधिमा महिलाका शेयरधनीहरुले राम्रो पूँजीगत लाभ उठाउन सकेका छन् । अर्को तर्फ लाभांश नै कुर्ने हो भने पनि आगामी वर्षमा पनि संस्थाले पूँजी बृद्धि गर्न सक्ने छन् । अहिलेको प्रस्तावित बोनश शेयर पछि चुक्ता पूँजी १४ करोड ५० लाख रुपैयाँ पुग्नेछ । जगेडा कोषमा २० अर्ब भन्दा माथि छ । अर्को वर्ष पनि संस्थाले राम्रो लाभांश दिन सक्ने सम्भावना छ । यसले गर्दा संस्थाको शेयरमा सुरुवाती दिनदेखिनै सर्वाधिक आकर्षण देखिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS