IME Life
Beema Board

सामलिङ्ग पावरको आइपिओ कार्त्तिक ४ गतेदेखी आउदै, ६७ हजार ८९० जनाले मात्रै शेयर पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सामलिङ्ग पावरले कार्तिक ४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको १४.६ प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । सर्वसाधारण तर्फको उक्त शेयर मध्ये १४ हजार ६०० कित्ता कर्मचारी र ३६ हजार ५०० कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।

कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । सर्वसाधारणका लागि छुट्टाइएको उक्त शेयर ६७ हजार ८९० जनाले १०/१० कित्ताका दरले प्राप्त गर्न सक्ने छन् ।

Prabhu
Crest

सर्वसाधारणले छिटोमा कार्तिक ८ गतेसम्म आवदेन दिन सक्ने छन् । यदि पहिलो चरणमा बिक्री भएन भने मात्रै कार्तिक १८ गतेसम्म बिक्री खुला गर्ने छ । सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवदेन दिन सक्ने छन् । अहिलेसम्मको आवदेन दिने प्याट्रन अनुसार अधिकतम १० कित्ता भन्दा धेरैको लागि आवदेन दिनु पर्ने छैन । कम्पनीले इलाममा ९ मेगावाट क्षमताको माइबेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ । जस मध्ये ७५.४ प्रतिशत संस्थापक समुहको, १० प्रतिशत प्रभावित बासिन्दाको र १४.६ प्रतिशत सर्वसाधारणहरुको हुनेछ । आयोजनाको अनुमानित लागत २ अर्ब रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २१ करोड ३ लाख रुपैयाँ पर्न आउछ । प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS