IME Life
GBIME

निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन २५.२० प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन २५.२० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ६ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको यहि अवधिमा उनिहरुले ५ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

गत वर्षको तुलनामा दुई कम्पनीको बीमा शुल्क आर्जन घटेको छ । लुम्बिनीको ४.५५ प्रतिशतले घटेको छ भने नेशनलको ४.१७ प्रतिशतले बीमा शुल्क आर्जन घटेको छ । यस अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन बढाउनेमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले १०९.०९ प्रतिशतले बढाउन सफल भएको छ । त्यस्तै युनाइटेड र सानिमा जनरलले पनि ८५ प्रतिशतले व्यवसाय बिस्तार गरेका छन् ।

Crest

सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा १७.२४ प्रतिशतले बृद्धि गर्न सफल भएको हो । त्यस्तै सगरमाथाले ५८ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्षको भन्दा २० प्रतिशतले बढाएको छ । तेस्रो नम्बरमा रहेको नेको इन्स्योरेन्स कम्पनीले ३३ प्रतिशतले बीमा शुल्क बढाउदै ५२ करोड रुपैयाँ आर्जन गरेको छ ।

नयाँ सञ्चालमा आएका तीन कम्पनी मध्ये सानिमाको मात्रै बजार हिस्सा बढेको छ तर अजोड र जनरल इन्स्योरेन्स कम्पनीको भने घटेको छ । सर्वाधिक धेरै बीमा शुल्क आर्जन गरेको शिखरको बजार हिस्सा घटेको छ । त्यस्तै दोस्रो धेरै बीमा शुल्क आर्जन गरेको सगरमाथाको पनि बजार हिस्सा केहि खस्किएको छ । तर तेस्रो स्थानमा रहेको नेकको बजार हिस्सा भने केहि बृद्धि भएको छ । बीमा शुल्क आर्जनमा उल्लेख सुधार सँगै नेकोको बजार हिस्सा बढेको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS