Connect IPS
IME Life

जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन २७ प्रतिशतले बढ्दा युनियन, नेपाल लाइफ र एशियनको घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा तीन जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन घटेको छ । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा युनियन लाइफको २१.२८ प्रतिशत, नेपाल लाइफको १४.४९ प्रतिशत र एशियन लाइफको १०.७१ प्रतिशतले प्रथम बीमा शुल्क आर्जनमा ह्रास आएको हो । जवकी यस अवधिमा समग्र जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन २७ प्रतिशतले बढेको छ ।

दुई महिनाको अवधिमा १९ जीवन बीमा कम्पनीहरुले ६ अर्ब ३८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा भने ५ अर्ब रुपैयाँ थियो । यस वर्ष बीमा समितिले असार महिनामा कडाइ गर्दा असारमा पोलिसी काट्न नभएकाहरुले साउनमा काटेका थिए ।

Prabhu
Crest

जीवन बीमा व्यवसायको बृद्धिलाई मापन गर्ने प्रथम बीमा शुल्क आर्जनमा सर्वाधिक बजार हिस्सा बनाएको नेपाल लाइफ र सर्वाधिक आक्रामक रुपमा अगाडी बढिरहेको युनियन लाइफको बृद्धिमा ब्रेक लागेको छ । गएका वर्षमा आक्रामक रुपमा व्यवसाय बृद्धि गरिरहेका यि दुई कम्पनीहरुको मार्केटिङ केहि फितलो देखिन्छ । गत वर्ष प्रथम बीमा शुल्क आर्जनका हिसावले पहिलोमा नेपाल लाइफ र दोस्रोमा युनियन लाइफ थिए । नेपाल लाइफले आफ्नो पहिलो ताज कायमै राखे पनि युनियन भने ७ औ नम्बरमा खुम्चिएको छ ।

यस वर्ष सिटिजन लाइफ सर्वाधिक आक्रामक देखिएको छ । सिटिजन लाइफको मात्रै २१७.६५ प्रतिशतले बढेको छ । सिटिजनले दुई महिनामा ५४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । रकमका हिसावले भने नेपाल लाइफकै सर्वाधिक छ । नेपाल लाइफले दुई महिनाकै अवधिमा एक अर्ब १८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको थियो ।

रकमका हिसावले दोस्रो स्थानमा नेशनल  लाइफ रहेको छ । नेशनलले ५० प्रतिशतले बृद्धि गर्दै ६६ करोड रुपैयाँ आर्जन गरेको छ । बृद्धिदरका हिसावले हेर्ने हो भने दोस्रो नम्बरमा प्रभु लाइफको २११ प्रतिशत छ । तर कम्पनीले २८ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको हो । रिलायन्स लाइफले पनि १३३ प्रतिशतले बढाएको छ । रकम भने २१ करोड रुपैयाँ मात्रै छ ।

कुन कम्पनीको कति

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS