Connect IPS
IME Life

आइएमई जनरलले हकप्रद निष्काशनका लागि पायो ट्रिपल बि रेटिङ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनका लागि ‘इक्राएनपि आइआर ट्रपल बि’ रेटिङ प्राप्त गरेको छ । उक्त रेटिङले यदि कम्पनीले वित्तीय दायित्वहरु समयमा पुरा गरेको खण्डमा सुरक्षित रहेको संकेत प्रदान गर्छ । इक्रा नेपालका अनुसार उक्त इस्युअर रेटिङले मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्छ ।

Prabhu
Crest

कम्पनीको संस्थापक शेयरधनी बलियो रहेको तथा व्यवसायिक बृद्धिमा पनि उल्लेख सुधार भएकाले राम्रो रेटिङ प्राप्त गरेको हो । कम्पनीको संस्थापक शेयरधनीहरुको ५१ प्रतिशत हिस्सा रहेको छ भने सर्वसाधारणको ४९ प्रतिशत छ । संस्थापक समुहका हेमराज ढकालको सबैभन्दा धेरै १०.१५ प्रतिशत, चन्द्र ढकालको ९.७४ प्रतिशत, नेपाल बंगलादेश बैंकको ९.५० प्रतिशत, उसा इन्भेष्टमेन्टको ९.१९ प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ५ प्रतिशत, कुमार पौडेलको ४.२४ प्रतिशत हिस्सा रहेको छ ।

पछिल्लो समय बीमा कम्पनीहरुको बीमा शुल्क आर्जनको बृद्धिदर खुम्चिदै गएको तर दाबी भुक्तानीको दर भने बढ्दै गएको रेटिङ एजेन्सीले जनाएको छ । आइएमई जनरलले ४० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS