काठमाडौं । खाद्य उद्योग लिमिटेडको ४८औं वार्षिक साधारण सभा कात्तिक १६ गते हुने भएको छ । सभा साल्ट ट्रेडिङ कर्पोरेशनको केन्द्रीय कार्यालयको सभाहल कालिमाटी, काठमाडौंमा दिउँसो १ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।
सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।