Connect IPS
IME Life
Beema Board

आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित अभियान लघुवित्तले बोलायो साधारण सभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अभियान लघुवित्तले कार्तिक १३ गते शनिवार आफ्नो दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको असोज १६ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । सभा पनौति काभ्रेपलाञ्चोकमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्न लागेको जनाएको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, बाह्य लेखापरीक्षकबाट तयार पारिएको आर्थिक वर्ष २०७७ /७८ को लेखापरिक्षण प्रतिवेदन सहित २०७८ को असार मसान्तसम्मको वासलात, सोही अवधिको नाफा नोक्सान तथा नगद प्रवाह विवरण उपर छलफल गरि पारित गर्ने एजेण्डा छ ।

Prabhu
Crest

त्यसैगरी सभामा लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पारित हुनेछ ।

त्यस्तै सभामा सर्बसाधारणलाई छुट्याईएको शेयर (आइपीओ) निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ । विशेष प्रस्ताव अन्तर्गत नै एक आपसमा मर्जर तथा प्राप्तिमा जाने निर्णय गर्ने, सम्झौता गर्ने, डिडिए गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्तावहरु पेश गरी पारित हुनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS