IME Life

चाडवाडको मुखमा मर्चेन्ट बैंकर्सको आकर्षक लाभांश, अधिकांशको नगदमा जोड

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजारमा सर्वाधिक सुधार सँगै मर्चेन्ट बैंकर्सको मुनाफा बढेको छ । मुनाफा सुधार सँगै बैंकर्सहरुले आकर्षक लाभांश घोषणा गरेका छन् । केहि मर्चेन्ट बैंकहरुले साधारणसभाबाटै लाभांश पारित गरिसकेका छन् भने केहिले साधारणसभा बोलाउने तयारी गरेका छन् ।

हालसम्म १५ वटा मर्चेन्ट बैंकहरुले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका मर्चेन्ट बैंकहरुको औषत लाभांशदर २५.२७ प्रतिशत रहेको छ । अधिकाम्सले बोनस शेयरलाई भन्दा नगद लाभांशलाई प्राथमिकता दिएका छन् । औषतमा २५.२७ प्रतिशत लाभांश घोषणा गर्दा नगद २२.११ प्रतिशत छ भने बोनश शेयर १.१६ प्रतिशत रहेको छ ।

Prabhu
Crest

गत आर्थिक वर्ष २०७७/७८ को मनाफा तथा जगेडाकोषबाट सबैभन्दा धेरै एनआईसी एशिया क्यापिटलले ४८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । एनआईसी एशिया पछि सबैभन्दा धेरै प्रभु क्यापिटल, सिद्धार्थ क्यापिटल र सनराइज क्यापिटलले ४० प्रतिशत घोषणा गरेका छन् । प्रभुले २२.३९ प्रतिशत बोनश शेयर र १७.६१ प्रतिशत नगद लाभांशको प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ । यस वर्ष प्रभु र सम्पन्नले मात्रै बोनश शेयरको प्रस्ताव पारित गरेका छन् । सम्पन्नले २५ प्रतिशत बोनश शेयर दिएर पूँजी बृद्धि गरेको छ ।

एनएमबी क्यापिटलले पनि ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । एनआईविएल एस क्यापिटलले २६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दा सानिमाले २५ प्रतिशत घोषणा गरेको छ । अन्य मर्चेन्ट बैंकहरुले क्रमश नेपाल बंगलादेश क्यापिटल १९ प्रतिशत, विओके क्यापिटल र मुक्तिनाथ क्यापिटलले १८ प्रतिशत, आकाश क्यापिटल १० प्रतिशत र सेञ्चुरी क्यापिटलले ६.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट ३० वटा मर्चेन्ट बैंकहरुले अनुमति पाएका छन् । अधिकाम्स मर्चेन्ट बैंक बाणिज्य बैंकहरुको सहायक कम्पनीको रुपमा रहेका छन् । मर्चेन्ट बैंकहरुले म्यचुअल फण्ड सञ्चालन गर्न पाउनुका साथै डिपी सुविधा, पोर्टफेलियो व्यवस्थापन लगायतको सुविधा प्रदान गर्छन् ।

दोस्रो बजारमा कारोबार तथा कारोबार संख्या बढे अनुसार मर्चेन्ट बैंकहरुको आम्दानी पनि त्यहि अनुपातमा बढ्ने गर्छ । लगानीकर्ताले दोस्रो बजारमा एक दिनमा एउटा कम्पनीको कारोबार हुँदा २५ रुपैयाँ शुल्क तिर्नु पर्छ । यसरी दैनिक लाखौ कारोबार हुन्छ । यसबाट मर्चेन्ट बैंकहरुले राम्रो आम्दानी गर्न सफल भएका छन् । अर्को तर्फ मर्चेन्ट बैंकहरुले म्युचुअल फण्ड व्यवस्थापन गरेर पनि राम्रो आम्दानी गर्न सकिरहेका छन् ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका यि संस्थाले वितरण गर्ने लभांशमा नेपाल राष्ट्र बैंकको जस्तो गिद्दे नजर पर्दैन । मर्चेन्ट बैंकहरुले आफ्नो आम्दानी अनुसार लाभांश दिने गर्छन् । शेयर बजारको दायरा जति धेरै फराकिलो हुन्छ उनिहरुको आम्दानीका क्षेत्र पनि त्यहि अनुपातमा बढ्ने गर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS