IME Life
Beema Board

लगानीकर्ताको सक्रियताले शेयर बजारमा ५० दशमलव ५८ अंकको सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बुधबार शेयर बजार नेप्से परिसूचक ५० दशमलव ५८ प्रतिशतले बढेर २,६६५ दशमलव ९४ प्रतिशतको विन्दुमा कायम भएको छ । आज सबै उपसूचक बढे संगै  १७३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ११ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

दिनभरिमा २२९ वटा कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर कारोबार हुँदा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको २२ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन डिस्टीलरीको १८ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको १६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै अपि पावर कम्पनी र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड इर्दी मर्दीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

सबैभन्दा धेरै मेगा बैंकका लगानीकर्ताले गुमाएका छन् । बैंकका लगानीकर्ताले ३ दशमलव ९२ प्रतिशतका दरले गुमाएका छन् । यूनिलिभर नेपालका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS