IME Life
Beema Board

नयाँ व्यवसायमा पुराना जीवन बीमा कम्पनीको बजार हिस्सा खुम्चिदै, यस्तो छ कम्पनीहरुको ‘बजार अर्थशास्त्र’

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नयाँ जीवन बीमा कम्पनीहरु प्रथम बीमा शुल्कमा अग्र स्थानमा देखिन थालेका छन् । प्रथम र नविकरण बीमा शुल्क जोड्दा पुरानाको बजार हिस्सा धेरै देखिए पनि नविकरण तर्फ भने नयाँले टक्कर दिन थालेका हुन् ।

चालु आर्थिक वर्षको भदौ महिनासम्ममा १९ जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन जम्मा ६ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । जवकी यहि अवधिमा नविकरण बीमा शुल्क आर्जन २१ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । १५/२० वर्षदेखि सञ्चालनमा रहेका पुराना जीवन बीमा कम्पनीहरुको नयाँ भन्दा नविकरण बीमा शुल्क आर्जन धेरै रहेको छ । पुराना जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन १८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ तर नयाँको जम्मा तीन अर्ब २६ करोड रुपैयाँ मात्रै छ ।

Prabhu
Crest

तर नयाँ व्यवसाय तर्फ हेर्ने हो भने ४/५ वर्ष अगाडि स्थापना भएका जीवन बीमा कम्पनीहरुले पुरानालाई टक्कर दिन सक्ने भएका छन् । चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कलाई हेर्दा पुराना बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन तीन अर्ब ६५ करोड रुपैयाँ रहेको छ तर नयाँको २ अर्ब ७३ करोड रुपैयाँ छ । यहि अनुपातमा नयाँ कम्पनीहरु आक्रामक हुँदै गए भने अवको ४/५ वर्षमा पुरानालाई नविकरण र प्रथमक दुबैमा उछिन्ने देखिन्छ ।

जम्मा बीमा शुल्कमा सबैभन्दा धेरै बजार हिस्सा रहेको नेपाल लाइफको २७.२६ प्रतिशत छ । तर प्रथम बीमा शुल्क तर्फ मात्रै हेर्ने हो भने कम्पनीको बजार हिस्सा जम्मा १८.५० प्रतिशत मात्रै रहेको छ । त्यस्तै जम्मा बीमा शुल्क आर्जनका हिसावले दोस्रो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थान प्रथम बीमा शुल्क आर्जनमा भने छैठौ स्थानमा छ । जम्मा बीमा शुल्क तर्फ संस्थाको बजार हिस्सा १०.३४ प्रतिशत छ तर प्रथम बीमा शुल्क आर्जन तर्फ ५.९६ प्रतिशत मात्रै छ । संस्थाले निजामति कर्मचारीहरुको जीवन बीमा गर्दै आइरहेकोले पनि बीमा शुल्क आर्जनमा अग्रणी देखिएको हो ।

जम्मा बीमा शुल्क आर्जन तर्फ १२.०२ प्रतिशत हिस्सा ओगटेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको प्रथम बीमा शुल्क तर्फ जम्मा ६.४३ प्रतिशत मात्रै रहेको छ । तर नेशनल लाइफको जम्मा बीमा शुल्क आर्जनमा भन्दा प्रथम बीमा शुल्क आर्जनमा बजार हिस्सा धेरै छ । जम्मा तर्फ ८.६२ प्रतिशत हस्सा ओगटेको नेशनलको प्रथम तर्फ १०.३४ प्रतिशत रहेको छ ।

नेशनलले पुरानो भन्दा नयाँ व्यवसाय भित्र्याउन पहल गरेको देखिन्छ । गत साउनमा बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन राम्रो थियो । असारमा पोलिसी काट्न नभ्याएका कम्पनीहरुले साउनमा पोलिसी बिक्री गर्दा स्वभाविक रुपमा धेरै देखिएको हो । तर भदौमा बीमा कम्पनीहरुको बजार खासै बृद्धि भएको देखिदैन ।

प्राथमिक शेयर निष्काशन गरेका कम्पनीहरुलाई शेयरधनीहरुको दवाव धेरै छ । उनिहरु दोस्रो बजारमा आफ्नो शेयर मूल्य सुधार गर्ने व्यवसाय बढाउने प्रयत्न गरिरहेका छन् । अर्को तर्फ प्राथमिक शेयर निष्काशन गर्ने तयारीमा रहेका कम्पनीहरु पनि लगानीकर्तालाई आकर्षित गर्न व्यवसाय सुधार गर्ने योजनामा छन् । नयाँ कम्पनीहरु आक्रामक हुने वित्तीकै स्वभाविक रुपमा पुरानालाई दवाव परेको छ । उनिहरु पनि बजार विस्तारका लागि नयाँ नयाँ रणनीति बनाएर अगाडी बढेका छन् । लामो समयदेखि एक छत्र राज गरेर बसिरहेका केहि कम्पनीहलाई पुरानैले पनि टक्कर दिएका छन् । रकमका हिसावले उनिहरुको बीमा शुल्क आर्जन कम भएता पनि सुधारको अनुपात भने धेरै छ । गएका वर्षमा सुस्ताएर बसेका पुराना कम्पनीहरु पनि यस अवधिमा जागेका छन् ।

कुन कम्पनीको बजार हिस्सा कति

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS