काठमाडौं । स्वतन्त्र पूँजी बजार सुधार संघले बजार अलिकति बढ्ने वित्तीकै विज्ञप्ती नकाल्न हतारिते सम्बन्धित निकायहरु बजार निरन्तर ओरालो लाग्दा भने केहि चुईक्क नबोलेको आरोप लगाएका छ । संघले पूँजी बजारको विकासको लागि सम्बन्धित निकायहरुलाई जिम्मेवार हुन र बजारको विषयमा तत्काल सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ ।
केहि समयदेखि शेयर बजार निरन्तर घटिरहेको छ । बजार तिब्र गतिमा घ्ने पर्ने कुनै खास कारण नदेखिएको भन्दै संघले बजारमा चल्ने अनेक हल्लाको पछि लागेर हतोत्साहित नहुन नयाँ तथा आम लगानीकर्ताहरुलाई आग्राह गरेको छ । संघले भनेको छ ‘रातपछि दिन आउछ भनेझै शेयर बजार पनि घटेपछि बढ्ने निश्चित छ । यो समय भनेको शेयर बजारको लागि माना रोपी मुरी फलाउने समय हो ।’
त्यसैले अहिलेको कोही लगानीकर्ता पनि प्यानिक हुनुपर्ने अवस्था छैन र प्यानिक नहुन सम्पुर्ण लगानीकर्ताहरुलाई संघले आग्रह गरेको छ । अहिले धितोपत्र बोर्ड, अर्थमन्त्रालय, राष्ट्र बैंक, अर्थमन्त्री लगायत सबै बजारको बारेमा सकारात्मक रहेकोले बजार सुधार हुने संघको दाबी छ ।