IME Life
Beema Board

रिलायबल नेपाल लाइफको एक्चुअरी भ्यालुएसन स्वीकृत, बोनश दर सार्वजनिक गर्ने बाटो खुल्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक्चुअरी भ्यालुएसन बीमा समितिबाट स्वीकृत भएको छ । बीमा समितिको बोर्डले कम्पनीको एक्चुअरी भ्यालुएन स्वीकृत गरे सँगै कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा बीमितहरुले प्राप्त गर्ने बोनशदर घोषणा गर्ने बाटो खुला भएको छ । कम्पनीले केहि दिनमै बीमितहरुले प्राप्त गर्ने बोनश दर सार्वजनिक गर्ने छ ।

एक्चुअरी भ्यालुएसन पछि लेखापरिक्षण प्रतिवेदन पनि अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ । बीमा समितिबाट लेखापरिक्षण प्रतिवदेन स्वीकृतका लागि पनि बीमा समितिमा पुग्ने पर्ने व्यवस्था रहेको छ । यदि लेखापरिक्षणमा कुनै समस्या नभएमा कम्पनीले वार्षिक साधारणसभाको लागि आह्वान गर्न सक्ने छ ।

Prabhu
Crest

कम्पनीले १२० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २२० रुपैयाँको दरमा ६० लाख कित्ता प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा पेश गरेको छ । कम्पनीले पहिलो पटक प्रिमियमा प्राथमिक शेयर निष्काशन गर्न लागेकोले गर्दा बोर्डले कम्पनीको प्राथमिक शेयर निष्काशनको प्रकृयाँलाई अगाडि बढाएको देखिदैन । बीमा समितिले कम्पनीको वित्तीय अवस्था राम्रो हुने भन्दै प्रिमियमा शेयर जारी गर्न स्वीकृत दिए पनि बोर्डले आनाकानी गरिरहेको छ ।

यस भन्दा अगाडी ५ वटा जीवन बीमा कम्पनीहरुको एक्चुअरी भ्यालुएसन स्वीकृत भइसकेको छ । समितिले प्राइफ लाइफ इन्स्योरेन्स कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, मेट लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको एक्चुअरी भ्यालुएसन स्वीकृत गरिसकेको छ । केहि कम्पनी स्वीकृतीको चरणमा रहेको समितिले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS