आजबाट मानुषी लघुवित्तको शेयर कारोबार खुल्दै, कतिमा होला पहिलो कारोबार ?

काठमाडौं । आजबाट मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर दोस्रो बजारमा कारोबार खुला हुने भएको छ । हिजो कम्पनीले नेप्सेमा शेयर सूचिकृत गराएसँगै संस्थाको आइपीओ आजबाट दोस्रो बजारमा कारोबार हुने भएको हो ।

संस्थाले हिजो दोस्रो बजारमा कारोबारका नेपाल स्टक एक्सचेञ्ज सँग एक सय रुपैयाँ दरका १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचिकृत गराएको हो । संस्थाको पहिलो कारोबारका लागि नेप्सेले न्युनतम १३२.६९ रुपैयाँदेखि अधिकतम ३९८.०७ रुपैयाँसम्मको रेञ्ज तोकिदिएको छ ।

संस्थाले गत महिना सर्वसाधारण समुहको तीन लाख ९३ हजार ७५० कित्ता शेयर जारी गरेको थियो । नेप्सेले संस्थालाई कारोबारका लागि ९ःीद्यक्० संकेत प्रदान गरेको छ । संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट नै शेयर रजिष्ट्रार रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार