श्वेत गंगा हाइड्रोपावरको साधारण सभा कात्तिक ४ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको पाँचौ वार्षिक साधारण सभा कात्तिक ४ गते हुने भएको छ । सभा आकामा होटल धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गी पारित गर्ने एजेण्डा रहेको छ ।

त्यसैगरी सभामा आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र १ जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार