IME Life
Beema Board

सरकारलाई फेरी चाहियो ऋण, राष्ट्र बैंकले १२ अर्ब उठाउँदै

SPIL
NIC ASIA

काठमाण्डौं । नेपाल सरकारको लागी आन्तरिक ऋणको जोहो गर्न नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । ट्रेजरी बिलको लागी बोलकबोलमा सहभागी हुन राष्ट्र बैंकले आइतबार सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, सँगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिकले सहभागीता जनाउन सक्नेछन् । कूल रकमको १५ प्रतिशत चाहिं अप्रतिस्पर्धी सहभागीको लागी विनियोजन गरिएको छ । राष्ट्र बैंकद्वारा प्रकाशित सूचना अुनसार ९१ दिन अवधिको लागी रु.९ अर्ब १० करोड र १८२ दिन अवधिको लागी रु.३ अर्ब रुपैयाँको बिल जारी गर्न लागिएको हो । बोलकबोलमा सहभागीमध्ये सबैभन्दा बढी रकममा बिल खरिद गर्नेलाई राष्ट्र बैंकले बिल वितरण गर्ने छ ।

Prabhu
Crest

राष्ट्र बैंकले न्यूनत्तम रु. ५० हजारको वा रु. ५० हजारले गुणन गर्न सकिने रकम बोलकबोल गर्नुपर्ने शर्त राखेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा राष्ट्र ऋण ऐन, २०५९ मा भएको व्यवस्था अनुसार नेपाल सरकारको तर्फबाट आन्तरिक ऋण उठाउने कार्य नेपाल राष्ट्र बैंक अन्तर्गतको राष्ट्र ऋण व्यवस्थापन विभागले गर्दछ । यसअघि राष्ट्र बैंकले असोज ४ गते ९१ देखि ३ सय ६३ दिन अवधिसम्मको कूल रु. ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

के हो ट्रेजरी बिल ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋण पत्र हो । नेपालमा हाल ट्रेजरी बिल ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार केन्द्रिय बैंकको रुपमा रहेको राष्ट्र बैंकले नै सरकारको तर्फबाट निष्काशन गर्छ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधि बढीमा एक वर्षको लागी आर्थिक श्रोत जुटाउन यो बिलको प्रयोग हुन्छ ।

कसरी हुन्छ बोल कबोल ?

राष्ट्र बैंकले २०७२ असारदेखि अनलाइनमाध्यमबाटै ट्रेजरी बिल बोल कबोलको व्यवस्था गरेको छ । ट्रेजरी बिल खरिद गर्न इच्छुक वित्तीय संस्थाले आफूले सरकारलाई ऋण दिन चाहेको रकम घोषणा गर्नुपर्छ । उदाहरणको लागी राष्ट्र बैंकले अंकित मूल्य रु.१०० भएको बिल जारी गरेको छ । बोलकबोलमा सहभागीमध्ये सबैभन्दा बढी रु.९५ भुक्तानी गर्न ईच्छुक रहेको भन्दै कुनै बैंकले रकम प्रस्ताव गर्छ भने राष्ट्र बैंकले त्यही बैंकलाई बिल उपलब्ध गराउँछ । यसरी ट्रेजरी बिल कबोल गर्दा कबोल गर्ने संस्थाले आफूले खरिद गर्न कबोल गरेको रकमको २.५० प्रतिशत रकम अर्नेष्ट मनी (धरौटी रकम) वापत राष्ट्र बैंकको खातामा जम्मा गर्नुपर्छ ।

कसरी हुन्छ भुक्तानी?

बिल जारी गरेको समय अवधि पुरा भएपछि राष्ट्र बैंकले बिल कबोल गरेको बैंकलाई अंकित मूल्य अर्थात् रु.१०० भुक्तानी गर्छ । तर यस्तो भुक्तानी गर्दा कबोल गरेको रकम र अंकित मूल्य बीचको भिन्नता अर्थात् रु. ५ मा नियमानुसारको कर कट्टी गरेर मात्र भुक्तानी गर्छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । यहाँ उल्लेखित उदाहरण अनुसार डिस्काउण्ट दर ५ प्रतिशत हुन्छ । राष्ट्र बैंकले असोज ४ गते जारी गरेको ट्रेजरी बिलको डिस्काउण्ट दर न्यूनत्तम ४ देखि अधिकत्तम ४.९४ प्रतिशत सम्म रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS