IME Life

बीमा समितिले ८ बीमा कम्पनीको डिडिए गर्दै, चार्टर्ड एकाउन्टेन्सी फर्म सँग प्रस्ताव आह्वान

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले आफ्नो नियम कार्य अन्तर्गत बीमा कम्पनीको सम्पत्ती तथा दायित्वको हरहिसाव खुल्ने गरी विस्तृत लेखापरिक्षण ‘डिडिए’ गर्ने भएको छ । समितिले चालु आर्थिक वर्ष २०७८/७९ मा समितिबाट डिडिए गर्नुपर्ने गरी पहिचान भएका बीमा कम्पनीहरुमा डिडिए गर्न इच्छुक चार्टर्ड एकाउन्टेन्सी फर्म वा कम्पनीहरुबाट प्राविधिक तथा आर्थिक प्रस्ताव आह्वान गरेको छ ।

Prabhu
Crest

उक्त बोलकबोलका लागि योग्यता पुगका फर्म वा कम्पनीहरुले न्यनतम १८ हजार रुपैया जम्मा गर्नु पर्नेछ । त्यस्तै आवस्यक प्रकृयाँका लागि २ हजार रुपैयाँ भुक्तानी गर्नु पर्छ । समितिले ८ वटा कम्पनीहरुको डिडिए गर्दै छ । एउटा फर्म वा कम्पनीले एउटा बीमा कम्पनीका लागि प्रस्ताव आह्वान गर्नु पर्नेछ ।

सम्पुर्ण कम्पनीहरुलाई डिडिए गर्न बीमा समितिको निर्देशन, चार्टर्ड एकाउन्टेन्टबाट टिओआर बनाउदै

बीमा समितिले ८ वटा बीमा कम्पनीहरुको डिडिए गर्न लागेको हो । समितिले शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल लाइफ, एलआईसी, सूर्या लाइफ र युनियन लाइफको डिडिए गर्ने भएको हो ।

कम्पनी आफैले खोजेका चार्टर्ड एकाउन्टेन्ट पूर्वाग्रही हुने आकलन गर्दै समिति आफैले डिडिए गर्ने फर्म तथा कम्पनी तोकिदिने भएको हो । यसरी जुन फर्म वा कम्पनीले सस्तो दरमा प्रस्ताव आह्वान गर्छ उसैले डिडिएक जिम्मेवारी पाउछन् । यसका लागि समितिले आवस्यक मापदण्ड पनि तयार पारिदिएको छ ।

उक्त बोलकबोल फारम आजैदेखि खुला गरिएको छ । उनिहरुले कात्तिक ७ गते मध्यान्ह १२ बजेसम्म फारम फर्न सक्ने छन् । समितिले कात्तिक ७ गते दिउसो २ बजे उक्त प्रस्तावहरु खोल्ने जनाएको छ ।

RFP-Document-for-DDA-Service

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS