काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले मार्केटिङ विभागका कर्मचारी र अभिकर्ताहरुलाई तालिम दिएको छ । कम्पनीले भदौ २० र २१ गते प्रधान कार्यालय, शाखा तथा उपशाखाका सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई तालिम दिएको थियो । उक्त तालिममा ५२ जना कर्मचारीको सहभागिता थियो ।
त्यस्तै भाद्र २९, ३० र ३१ गते आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको थियो । सहायक महाप्रबन्धक अनिल कुमार अर्यालका साथै प्रशिक्षार्थीहरुद्धारा बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न उयचतायष्यि को वारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । उक्त तालिमहरुको संयोजन यस कम्पनीका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले गरेका थिए । सम्पुर्ण तालिमको सहजिकरण मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन ।
कम्पनीले प्रादेशिक कार्यालय, हेटौडामा पनि कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका को वारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
त्यस्तै गरि कम्पनीका नायब प्रबन्धक प्रेम प्रसाद पाण्डेले कृषि तथा पशुपन्छी बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा प्रकाश परेका थिए ।
उक्त अभिकर्ताको तालिममा १९ जनाको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन र सहजिकरण प्रदेश नं. २ का प्रमुख बद्रिनाथ शर्माले गरेका थिए ।