काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा शत प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिने जनाएको छ ।
कम्पनीले व्यतित भएका बीमालेखहरु २०७८ असोज ७ गतेदेखि कार्तिक ५ गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा विलम्ब शुल्क (ब्याज) मा शत प्रतिशत छुट गर्ने जनाएको छ ।
दुई वर्षभन्दा बढी समय व्यतित भएका बीमालेखहरुको हकमा मात्र यो सुविधा लागु हुने छ । एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट प्रदान गरिने छैन् ।
जसका लागि कम्पनीको कर्पोरेट तथा प्रदेशस्थित शाखा कार्यालय, तथा उपशाखा कार्यालयहरुबाट व्यतित भएका बीमालेखहरु नबिकरण गर्न सकिने कम्पनीले जनाएको छ ।