काठमाडौं । बीमा समितिले सिमथली उन्नत बाख्रा फाराम नवलपुर हेटौडा तथा नोवल प्याकेजिङ प्रा.लि हेटौडामा निरिक्षण तथा अवलोकन गरेको छ । बीमा समितिबाट कृषि तथा पशुपन्छी बीमामा भए गरेका वीमितले के कस्तो समस्या भोग्नु परको छ र बीमा करारको सही अर्थमा कार्यान्वयन भए नभएको यकिन गर्नका लागि कृषक थलोमै गई निरिक्षण तथा अवलोकन गरेको हो ।
निरिक्षण तथा अवलोकनका क्रममा बीमा कम्पनीहरुले नियमानुसार बीमाशुल्क लिए नलिएको, उधारोमा बीमा गरे नगरेको, बीमा दाबी पर्दा दाबी भुक्तानी सहज ढंगले गरे नगरेको लगायतका बिषयमा जानकारी लिएको थियो ।
उक्त टोलीमा समितिका निर्देशक सुशील देव सुवेदी, उप–निर्देशक केशब प्रसाद दाहाल र सहायक प्रथम टेकराज पाण्डेयको उपस्थिति थियो । निरीक्षण गरिएका बीमितहरुले समितिले यस्तो प्रकारको निरीक्षणलाई निरन्तरता प्रदान गर्न अनुरोध गरेका छन् ।