काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तुलसीपुर शाखामा बीमा गराएकी तुलसीपुर ५ निवासी गंगादेबी पाण्डेको मृत्युपछि उनको परिवारलाई बीमा रकम प्रदान गरेको कम्पनीले जनाएको छ ।
कार्यक्रमको आयोजना गरि बीमा वापतको ५४ लाख ५८ हजार ३ सय ३३ रुपैँया ३३ पैसा प्रदान गरिएको हो । उक्त रकम बराबरको चेक मृतकका श्रीमान रोमकान्त पाण्डेलाई हस्तान्तरण गरिएको हो ।
उक्त रकम तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, ज्योति लाइफका क्षेत्रीय प्रमुख मोहन पुरी , तुलसीपुर शाखाका प्रमुख कमल सिं खड्काले प्रदान गरेका हुन् ।