IME Life
Beema Board

दाबी भुक्तानी नगर्ने कम्पनीलाई समितिको पत्र, समयमा दाबी नदिए कानुनी कारबाही अगाडी बढाउने   

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले दाबी भुक्तानी नगर्ने बीमा कम्पनीहरुलाई पत्राचार गरेको छ । जुन जुन कम्पनीको बाँकी दाबी भुक्तानी अस्वभाविक देखिएको छ उनिहरुलाई तुरुन्त भुक्तानी गर्नु भनेर पत्र पठाइएको अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । उनले भने ‘हामी कम्पनीको जवाफ कुरेर बसेका छौ । उनिहरुको जवाफ चित्त बुझ्दो आएन र दाबी भुक्तानी गरेनन् भने कानुनी कारबाही अगाडी बढाउछौ ।’

जीवन बीमा कम्पनीहरुमा दाबी भुक्तानीको खासै समस्या छैन तर निर्जीवन बीमा कम्पनीहरुमा भने ठुलो समस्याको रुपमा देखिदै आएको छ । बीमा समितिले २० वटा भन्दा धेरै स्थानीय तहमा गएर बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिया तथा छलफल गर्दा अधिकांशले बीमा कम्पनीहरुले समयमा दाबी भुक्तानी नगरेको भन्दै गुनासो गरेका छन् ।

Prabhu
Crest

स्थानीय जनप्रतिनिधिदेखि लिएर सर्वसाधारणले समेत बीमा समिति समक्ष दाबी भुक्तानीका लागि आवश्यक हस्तक्षेपको माग राखेका छन् । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार १९ अर्ब ८६ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बीमा कम्पनीहरुले तिर्न बाँकी दाबी भुक्तानी ४३ प्रतिशतले बढेको छ ।

यसै क्रममा समितिले धेरै नै दाबी भुक्तानी गर्न बाँकी बीमा कम्पनीहरुलाई पत्राचार गरिरहेको छ । समितिले यथासिघ्र बाँकी दाबी भुक्तानी गर्न र भुक्तानी गर्न नसकेमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । यदि कम्पनीहरुले चित्त बुझ्दो जवाफ नदिएमा कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

बीमकको दाबी भुक्तानी मार्गदर्शन २०७६ बमोजिम बीमितले कम्तिमा पनि ३६ दिन भित्रमा दाबी भुक्तानी प्राप्त गरिसक्नु पर्ने व्यवस्था छ । यस मार्गदर्शन अनुसार बीमितले आफ्नो क्षति हुने वित्तीकै बीमा समितिमा निवेदन पेश गर्नु पर्छ । बीमितले दिएको निवेदनका आधारमा कम्पनीहरुले तत्काल सर्भेयर खटाउन पर्छ । उक्त सर्भेयर १५ दिन भित्रमा बीमालेखको शर्त तथा सुविधो अधीनमा रही बीमितिले पाउन सक्ने रकम उल्लेख गरी बीमकको दायित्व निर्धारण गर्नु पर्छ । सोही सर्भेयरको प्रतिवेदनका आधारमा कम्पनीले २१ दिन भित्रमा भुक्तानी गर्नु पर्ने व्यवस्था छ । यदि बीमितलाई सर्भेयरले दिएको प्रतिवेदन चित्त बुझेन भने पुनः सर्भे गराउन सक्ने व्यवस्थाले भने केहि समय लाग्न सक्छ । तर बीमा कम्पनीहरुले सामान्य अवस्थामा पनि दाबी भुक्तानी गर्न महिनौ लगाइदिने गरेका छन् ।

यदि कम्पनीहरुले समयमा दाबी भुक्तानी नगरेमा तथा सर्भेयरको मूल्याङ्कन प्रति चित्त नबुझेमा बीमा समितिमा उजुरी गर्न सक्ने व्यवस्था छ । यसरी प्रकृयाँमा जादा बीमितले दाबी पाउन वर्षौ कुर्नु पर्ने अवस्था सिर्जना हुन्छ ।

यदि कम्पनीहरुले नियोजित रुपमा दाबी भुक्तानी नगरेको पाइएमा बीमा ऐन अनुसार कम्पनीलाई समितिले कारोबाही भने गर्न सक्छ । तर अहिलेसम्म समितिले कम्पनीहरुलाई दाबी भुक्तानी नगरेको भन्दै कारोबार गरेको पाइदैन । बीमितले हालेको उजुरीका आधारमा अर्धन्यायिक निकायका रुपमा फैसला गर्ने काम बाहेक ऐनमै टेकेर कम्पनीलाई कारबाही गर्न नसक्दा बीमा कम्पनीहरुले दाबी भुक्तानीमा वर्षौसम्म लम्ब्याउने गरेको पाइन्छ । तर कम्पनीहरुले भने बीमितलाई नै दोष देखाउने गरेका छन् । उनिहरुले ‘समयमा कागजपत्र जुटाउन नसक्दा दाबी भुक्तानीमा ढिलाइ हुने गरेको’ भन्दै बनावटी जवाफ दिने गरेका छन् ।  बीमा कम्पनीहरु सकेसम्म दाबी भुक्तानी कम दिन चाहन्छन अर्को तर्फ बीमितहरु सकेसम्म बढी दाबी भुक्तानी लिन चाहन्छन् । यसले पनि दाबी भुक्तानीमा ढिलाइ हुने गरेको पाइन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS