IME Life
Beema Board

ज्योति र महालक्ष्मी लाइफको ‘एक्चुअरी भ्यालुएसन’ स्वीकृत, महालक्ष्मीको आइपिओ ल्याउने बाटो खुल्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिको एक्चुअरीबाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७६/७७ को ‘एक्चुअरी भ्यालुएसन’ स्वीकृत भएको छ । एक्चुअरीले स्वीकृत गरे सँगै बीमा समितिको सञ्चालक समितिको बार्डबाट पारित गर्नु  पर्छ । स्रोतका अनुसार बीमा समितिको पहिलो बोर्डले स्वीकृत गर्ने कार्यसूचि रहेको छ ।

एक्चुरिअरी भ्यालुएसन स्वीकृत भए सँगै कम्पनीहरुले सबैभन्दा पहिला बीमितहरुका लागि बीमा पोलिसीको बोनसदर घोषणा गर्नेछन् । बीमा कम्पनीहरुका लागि एक्चुअरी भ्यालुएसन सबैभन्दा महत्वपुर्ण काम हो ।

Prabhu
Crest

यसैका कारण कम्पनीहरुले वित्तीय विवरण तयार पार्न सक्दैनन् । समितिले एक्चुअरी भ्यालुएसन स्वीकृत गरेको १०/१५ दिन भित्रमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण तयार पार्न सक्छन् । सो वित्तीय विवरण स्वीकृतका लागि पुनः बीमा समितिमा पठाउनु पर्छ । समितिले यसमा केहि कमिकमजोरी भेट्यो भने थप संसोधनका लागि कम्पनीमा पठाउछ । यदि प्रतिवेदनमा कुनै पनि कमिकमजोरी भेटिएन भने ७/१० दिनमा समितिले पनि स्वीकृत गर्छ ।

त्यस पछि मात्रै बल्ल कम्पनीहरुले साधारणसभा आह्वान गर्न पाउछन् । ज्योति लाइफले गत वर्ष प्राथमिक शेयर निष्काशन गरिसकेको छ । कम्पनीलाई गत वर्षको जगेडाकोषबाट लाभांस वितरण गर्ने बाटो खुलेको छ । लाभांस दिने या नदिने अधिकार कम्पनीको संञ्चालक समिति सँग हुने भएकाले अहिले नै लाभांस दिन सक्छ भन्न सकिदैन ।

महालक्ष्मी लाइफलाई यस आर्थिक वर्षको एक्चुअरी  भ्यालुएसन स्वीकृत सँगै प्राथमिक शेयर निष्काशन गर्ने बाटो खुला भएको छ । कम्पनीले भ्यालुएसन अनुसार वित्तीय विवरण तयार पारेर समितिमा स्वीकृतिका लागि पठाउन सक्ने छ । उक्त लेखापरिक्षण प्रतिवेदन पारित हुने वित्तीकै कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि रेटिङ एजेन्सीमा इस्युअर रेटिङका लागि पठाउनेछ ।

यसै क्रममा कम्पनीले साधारणसभाबाट लेखापरिक्षण प्रतिवेदन पारित गरि प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा पठाउन सक्ने छन् । यस हिसावले अगाडि बढ्यो भने कम्पनीले चैतसम्ममा प्राथमिक शेयर निष्काशन गर्न सक्ने देखिन्छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS