IME Life

हिमालयन रिको सिइओमा चन्द्रशेखरन रामामुर्थी नियुक्त, बीमा क्षेत्रमा चार दशकको अनुभव

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । बीमा र पुनर्बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका रामामुर्तीलाई चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ । बीमा समितिले केहि समय अगाडि नै रामामुर्थीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि स्वीकृति प्रदान गरेको थियो ।

रामामुर्थीको बीमा तथा पुनर्बीमा कम्पनीहरुमा चार दशक भन्दा लामो समय काम गरेको अनुभव छ । उनले भारत लगायत बेलायत तथा मध्य पुर्वमा काम गरिसकेका छन् । उनले भारतीय  बीमा विकास र नियामक प्राधिकरण (आइआरडिएआई) को लागी बीमा र पुनर्बीमा निर्देशिकाहरुको समीक्षा र संशोधनको लागी विशेषज्ञ समूहको एक सदस्यको रूपमा समेत काम गरेका थिए ।

Prabhu
Crest

हिमालयन रिमा जोडिनु अघि उनि आरसीएस म्यानेजमेन्ट कन्सल्टेन्ट प्राइभेट लिमिटेडमा संचालक थिए । यो कम्पनीले पुनर्बीमा प्रभावकारिता र जोखिम व्यवस्थापनको लागी बीमा र पुनर्बीमा कम्पनीहरुको लागी परामर्श सेवाहरु प्रदान गर्दै आएको छ । उनी बीमा र पुनर्बीमा रणनीति व्यवस्थापन, बीमा र पुनर्बीमा कम्पनीहरुको लागी उद्यम जोखिम व्यवस्थापन समाधानको लागी परिचित छन् ।

निजी क्षेत्रबाट प्रवर्द्धित पहिलो पुनर्बीमा कम्पनी हिमालयन रिले गत जेठमा लाइसेन्स पाएको थियो । लाइसेन्स पाएको छोटो अवधिमै आवस्यक पूँजी जुटाएर गत साउनदेखि नै पुनर्बीमा व्यवसायको शुभारम्भ गरिसकेको छ । नेपालको व्यवसायिक घरानाहरुको प्रमुख लगानी रहेको यस कम्पनीको चुक्ता पूँजी ७ अर्ब रहेको छ । नियम अनुसार कम्पनीले तीन अर्ब रुपैयाँ सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेर १० अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।

कम्पनीले भारतबाट प्रमुख कार्यकारी अधिकृत सहित तीन जना कर्मचारी भित्र्याएको छ । पुनर्बीमा व्यवसाय अन्तर्राष्ट्रिय व्यवसाय भएको भन्दै कम्पनीले सम्बन्ध विस्तारका लागि विदेशबाट जनशक्ति झिकाएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS