IME Life
Beema Board

जीवन बीमा दाबी ५९ प्रतिशतले बढ्दा पुनर्बीमा कमिशन २९ प्रतिशतले घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गत आर्थिक वर्षमा पुराना चारवटा जीवन बीमा कम्पनीको बीमा दाबी ५९ प्रतिशतले वृद्धि हुँदा पुनर्बीमा कमिशन २९ प्रतिशतले गिरावट आएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण अनुसार नेपाल लाईफ, एलआइसी नेपाल, नेशनल लाईफ र मेट लाईफ इन्स्योरेन्सको पुनर्बीमा कमिशन २९ प्रतिशतले गिरावट आएर कूल १८ करोड ७८ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ । यी चार कम्पनीले अघिल्लो आर्थिक वर्षमा कूल २६ करोड ७१ लाख ७१ हजार रुपैयाँ पुनर्बीमा कमिशन आर्जन गरेका थिए ।

Prabhu
Crest

गत आर्थिक वर्षमा ३ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ खुद बीमा दाबी भुक्तानी गरेको मेट लाईफको पुनर्बीमा कमिशनवापतको आम्दानी सर्वाधिक रहेको छ । मेटलाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा  ११ करोड ४८ लाख ६२ हजार रुपैयाँ पुनर्बीमा कमिशन आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा  १० करोड ४३ लाख १० हजार रुपैयाँ पुनर्बीमा कमिशनवापत आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा  मेट लाईफको दाबी भुक्तानी ३८ प्रतिशतले वृद्धि भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा मेट लाईफ बाहेक अन्य तीनवटै कम्पनीको पुनर्बीमा कमिशनवापतको आम्दानीमा गिरावट आएको छ ।

दोश्रो सर्वाधिक पुनर्बीमा कमिशन आय नेशनल लाईफ इन्स्योरेन्सको रहेको छ । नेशनल लाईफले ३ करोड २६ लाख ४६ हजार रुपैयाँ पुनर्बीमा कमिशन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६।७७ को तुलनामा नेशनल लाईफको पुनर्बीमा कमिशन आय २६ प्रतिशतले गिरावट आएको हो । बीमा दाबी ४३ प्रतिशतले वृद्धि भएको नेशनल लाईफले गत आर्थिक वर्षमा  ३ अर्ब ९५ करोड ६४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

पुनर्बीमा कमिशन आयको आधारमा तेश्रो स्थानमा रहेको नेपाल लाईफ इन्स्योरेन्सको पुनर्बीमा कमिशनवापतको आम्दानीमा ६९ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा  ८ करोड ६७ लाख ७८ हजार गत आर्थिक वर्षमा  जम्मा २ करोड ६२ लाख ७४ हजार रुपैयाँ पुनर्बीमा कमिशन आम्दानी गरेको छ । नेपाल लाईले आर्थिक वर्ष २०७७।७८ मा ८ अर्ब ७८ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आ.वको तुलनामा नेपाल लाईफको दाबी भुक्तानी करिब ४७ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा  ७ अर्ब ३५ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको एलआइसी नेपालले पुनर्बीमा कमिशनवापत १ करोड ४० लाख ५५ हजार रुपैयाँ पुनर्बीमा आम्दानी गरेको छ । ५५ प्रतिशतले कमिशन आम्दानी घटेको एलआइसी नेपालले अघिल्लो आर्थिक वर्षमा  ३ करोड १४ लाख २३ हजार रुपैयाँ कमिशन आम्दानी गरेको थियो ।

जीवन वा निर्जीवन बीमा कम्पनीले आफ्नो जोखिम भार पुनर्बीमा सम्झौतावापत कम्पनीलाई हस्तान्तरण गर्दै आएका छन् । यसरी जोखिम हस्तान्तरणवापत बीमकले वर्षभरिमा बीमांक र बीमा योजनाको प्रकृतिको आधार तथा गत वर्षको व्यवसायको आधारमा अग्रिमरुपमा पुनर्बीमा कम्पनीलाई पुनर्बीमा शुल्क भुक्तानी गर्छन् ।

पुनर्बीमा कम्पनीले आफूले वर्षभरि प्राप्त गरेको पुनर्बीमा शुल्कवापतको रकम र बीमकलाई बीमा दाबी वापत भुक्तानी गरेको रकमको अन्तरको आधारमा नाफा रकम बाँडफाँड गर्छ । कुनै बीमकले आफूले ग्रहण गरेको भन्दा बढी रकमको बीमा दाबी जति बढ्यो, पुनर्बीमा कमिशनवापतको रकम उति घट्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS