SKIP THIS

MLBL
IME Life
Beema Board

लहान नगरपालिकाले बीमाको लागि छुट्टायो १० करोड, कार्यविधि बनाएर कार्यान्वयन गर्ने तयारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लहान नगरपालिकाले बीमाका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसका लागि आवस्यक कार्यविधि पनि बनाइसकेको छ । बीमा समितिले हिजो मंगलबार लहान नगरपालिकामा आयोजना गरेको सरोकारवालहरु सँग बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिया कार्यक्रममा मेयर मुनि शाह सुडीले आफ्नो कार्यक्रमलाई सहयोग गरिदिन समिति समक्ष अनुरोध गरेका थिए ।

आफ्नो नगर भित्रका मजदुरहरुको दुर्घटना बीमाका लागि आवस्यक बजेट तथा कार्यविधि बनाएको भन्दै सुडीले यो कार्यक्रमलाई के कसरी अगाडि बढाउन सकिन्छ भन्दै समिति समक्ष सहयोगको माग गरेका छन् । मजदुर तथा कृषकहरुलाई बीमाको दायरामा ल्याएर सुरक्षित बनाउने भन्दै उक्त बजेटको व्यवस्था गरिएको उनि बताउछन् ।

Prabhu
Crest

संघठित मजदुरको विवरण लिनका लागि खासै समस्या नभए पनि असंघठित मजदुरको बीमा कसरी गर्ने भन्दै सुडीले समिति समक्ष सुझाव माग गरेका थिए । सुडीको अनुरोध पछि बीमा समितिका निर्देशक दिनेश लाल कर्णले आफ्नो नगरपालिका भित्रका मजदुरहरुको विवरण संकलन गर्न अनुरोध गरेका छन् । उनिहरुको विवरण संकलन गर्दा आवस्यक कागजपत्र पनि संकलन गर्न सकियो भने उनिहरुलाई आवस्यक परेको समयमा सम्पर्क गर्न सजिलो हुने र भोलिका दिनमा दाबी परेका खण्डमा पनि भुक्तानी गर्न सकिने भन्दै कर्णले सुझाव दिएका थिए ।

सुडीले मजुदरको दुर्घटना बीमा गराउनुका साथै कृषि बीमाका लागि पनि प्रोत्साहन गर्ने जनाएका छन् । स्थानीय निकायले नै बीमालाई प्राथमिकतामा पार्दै गर्दा उनले आफ्नो नगरपालिकामा बीमा कम्पनीको शाखा कार्यालय खोल्न व्यवस्था मिलाइदिन मेयरले अनुरोध गरेका थिए । समितिका कर्णले यसका लागि आवस्यक निर्देशन दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

हिजोको कार्यक्रममा प्रमुख इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य, सानिमा जनरल इनस्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदम्न उपाध्याय पनि पुगेका थिए । नगर प्रमुख शाह सहित उप प्रमुख, वडा अध्यक्ष, निर्वाचित जनप्रतिनिधिहरु, कृषक, स्थानीय तहमा रहेका बीमा कम्पनीका शाखा प्रमुखहरु, उद्योग बाणिज्य महासंघका प्रतिनिधि, शिक्षक, कृषक, व्यापारी लगायतको उपस्थिति थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS