IME Life
Beema Board

१८ प्रतिशत लाभांश पारित सहित बिओके क्यापिटलले बोलायो साधारण सभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडले १८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्नका लागि क्यापिटलले असोज २० गते छैठौ वार्षिक साधारण सभा आह्वान गरेको छ । क्यापिटलको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले क्यापिटलको कार्यालय, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट चुक्ता पूँजी २१ करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने कर समेत ३ करोड ७८ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने विषयलाई पनि पारित गर्ने एजेण्डा रहेको क्यापिटलले जनाएको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने, चालू आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पेश हुनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS