IME Life
Beema Board

नेपाल फाइनान्सको साधारण सभा सम्पन्न, हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल फाइनान्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको बिहान ११ बजे केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीले असोज १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ः १.७५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम चुक्ता पूँजीको १:०.७० को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सभामा पेश गरी पारित गरेको छ ।

Prabhu
Crest

सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यसैगरी सभामा लोखा परिक्षण प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/ ७७ को वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाहको बारेमा छलफल गरेको छ ।

ललितपुर फाइनान्स कम्पनी प्राप्तिपछि कम्पनीको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ४०० पुगेको छ । ७० प्रतिशत हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS