IME Life

कोरोना बीमाको दाबी भुक्तानीमा अर्थमन्त्रीको राय : एक दुई अर्ब भए हामी दिन्थ्यौ, ११ अर्बको दायित्व छ!

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको दाबी भुक्तानीको विषयलाई लिएर सल्लाह भैइरहेको बताएका छन् । अर्थ सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कोरोना बीमाको दाबी भुक्तानीलाई लिएर आफु गम्भिर भएको उल्लेख गरेका छन् ।

नेपाल सरकारले आफ्नो दायित्व अन्तर्गत रहेको कोरोना बीमाको दाबी भुक्तानी किन नगरेको भन्ने प्रश्नलाई इङ्गित गर्दै ‘एउटा गम्भिर प्रश्न छ तर उत्तर जटिल छ’ भन्दै जवाफ दिन सुरु गरेका थिए । कोरोनाको त्यस्तो परिस्थितिमा पनि महामारीको बीमा गरिएको भन्दै शर्माले यसमा गम्भिर प्रश्न रहेको  बताए । उनले भने ‘११ अर्ब रुपैयाँको दायित्व छ । एक दुई अर्ब रुपैयाँ भए हामी दिन्थ्यौ ।’

Prabhu
Crest

अव एक दुई अर्ब रुपैयाँ पनि कसलाई दिने कसलाई नदिने भन्ने कुरा हुँदैन, उनले थपे ‘अझै दाबी बढ्दै छ रे । अहिले नै ११ अर्बको दायित्व छ भोलिका दिनमा अझै कति पुग्ने हो ।’ यस विषयलाई लिएर आफु गम्भिर भएको भन्दै शर्माले के गर्ने भन्ने विषयमा सल्लाह भैइरहेको बताए ।

बीमा समितिले नेपालमा कोरोना महामारीको सुरुवाती अवस्थामा जारी गरेको कोरोना बीमा मापदण्ड २०७७ का कारण नेपाल सरकारको भागमा ८ अर्ब भन्दा माथिको दायित्व परेको छ । मापदण्ड बमोजिम बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीहरुले साढे तीन अर्बको दायित्व पुरा गरिसकेका छन् । हालसम्म ४ अर्ब भन्दा माथिको कोरोना बीमाको दाबी भुक्तानी भए पनि बाँकी दाबीका लागि नेपाल सरकारले भुक्तानी गर्न मानिरहेको छैन ।

अर्थमन्त्री डा. युवराज खतिवडाका पालमा ल्याइएको उक्त मापदण्ड बमोजिमको दायित्वलाई निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले नै स्वीकार गर्न मानेका थिएनन् । अहिले नेपाल कांग्रेस सहित माओवादी सहितको संयुक्त सरकारले पनि पुर्ववर्ती सरकारका कारण शिर्जना भएको दायित्वलाई स्वीकार गर्न चाहिरहेको देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS