Connect IPS
IME Life

कृषि बाली तथा पशु बीमामा सरकारको अनुदान ३० प्रतिशतले बढ्यो, ८० प्रतिशत अनुदान दिने अर्थमन्त्री शर्माको घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि बाली तथा पशु बीमाको प्रिमियममा सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । शर्माले अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक मार्फत यस अगाडीका अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेको भन्दा बढाएका हुन् ।

गएका वर्षमा सरकारले कृषि बाली तथा पशु बीमामा ७५ प्रतिशत अनुदान दिदै आएकोमा गत जेठ १५ गतेको बजेट वक्तव्य मार्फत पौडेलले ५० प्रतिशतमा झारेका थिए । शर्माले कृषि तथा पशुजन्य ब्यवसायमा रहेको जोखिम न्यूनिकरण गरी यस क्षेत्रमा किसानहरुको आकर्षण बृद्धि गर्न कृषि बाली तथा पशु बीमाको दायारा विस्तार गरी दिइदै आएको बीमा प्रिमियम अनुदानमा साविकको ५० प्रतिशतबाट बृद्धि गरी ८० प्रतिशत पुर्याएका हुन् ।

Prabhu
Crest

बीमा समितिले गएको वर्ष कृषि बाली तथा पशु बीमामा दिइदै आएको अनुदानलाई निरन्तरता दिन सुझाव दिएको थियो । तर निवर्तमान अर्थमन्त्री पौडेलले अनुदान घटाइदिएका थिए । सरकारले विगत तीन चार वर्षदेखि कृषि तथा पशु बीमालाई प्रवर्द्धन गर्न अनुदान दिदै आएको छ । तर यसको प्रभावकारीता भने खासै देखिएको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS