IME Life

नेपाल रिद्वारा रेट्रो प्रोग्रामको लागि ब्रोकर कम्पनीको नामावली सार्वजनिक

SPIL
NIC ASIA

काठमाण्डौं । नेपाल पूनर्बीमा कम्पनीले पूनर्बीमा दलालीको लागी आर्थिक वर्ष २०७८।७९ को लागी सूचीकृत कम्पनीहरुको नामावाली सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका २६ मध्ये अधिकांश भारतीय पूनर्बीमा दलाल कम्पनी रहेका छन् ।

नेपाल पूनर्बीमा कम्पनीले आफ्नो जोखिमभारलाई अन्य पूनर्बीमकमा हस्तान्तरण गर्नको लागी नेपाल रि रेट्रो प्रोग्राम अन्तर्गत पूनर्बीमा दलालहरुको नामावली सार्वजनिक गरेको हो । रेट्रोसेशन अन्तर्गत पूनर्बीमा कम्पनीले प्राप्त गर्ने व्यवसायको आधारमा दलाल कम्पनीमार्फत् जोखिम बाँडफाँडको सम्झौता गर्छ ।

Prabhu
Crest

भारतबाहेक दुबई, मरिसस,बहराईन,इण्डोनेशिया,सिंगापुरको पूनर्बीमा दलाल कम्पनी रहेका छन् । रेट्रो प्रोग्रामले पूनर्बीमकहरुबीच जोखिमको बाँडफाँड गर्छ । पूनर्बीमक कम्पनीहरुले ठूलो जोखिमको आर्थिक भार बहनको लागी संयुक्त कोषमार्फत् जोखिम बाँडफाँड गर्ने अवधारणालाई रेट्रोसेशन भनिन्छ । यसले पूनर्बीमकहरुको पूनर्बीमा जोखिम भारबहन क्षमतालाई वृद्धि गर्न मद्दत गर्छ । रेट्रो प्रोग्रामको अवधारणा पछिल्ला वर्षहरुमा बलियो हुँदै गएको छ ।

यो अवधारणा अन्तर्गत कुनै पनि जोखिम बहन गर्दा ठूलो हिस्सा पूनर्बीमा कम्पनी एक्लैले व्यहोर्नुपर्दैन, यसको ठूलो हिस्सा अन्य पूनर्बीमकसँग बाँडफाँड गरिन्छ । यसको रणनीतिक उद्देश्य के हो भने पूनर्बीमा कम्पनीहरुको पूँजी सुरक्षाको लागी, पूनर्बीमकको जोखिम व्यवस्थापन गर्न र कुनै एकल घटनाबाटै पूनर्बीमकमा पर्ने दाबीको ठूलो भारलाई प्रभावकारी हुन नदिनु हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS