SKIP THIS

MLBL
IME Life
Beema Board

समितिले जीवन बीमा कम्पनीका अध्यक्षहरुसँग समसामयिक विषयमा छलफल गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले आज सम्पुर्ण जीवन बीमा कम्पनीहरुका अध्यक्षहरुसँग समसामयिक विषयमा छलफल गर्ने भएको छ । समितिले होटल र्याडिसनमा साझ साढे ४ बजे कार्यक्रम आयोजना गर्ने छ । समितिले पछिल्लो समय बीमा कम्पनीहरुका विभिन्न पक्षहरु सँग निरन्तर छलफल गरिरहेको छ ।

हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरु रहेका छन् । ५ वर्ष अगाडि बीमा समितिले १० वटा नयाँ जीवन बीमा कम्पनीहरुलाई लाइसेन्स दिए सँगै जीवन बीमा व्यवसाय थप चलायमान भइरहेको छ । व्यवसाय चलायमान भए सँगै यस क्षेत्रमा देखिएका विकृतिलाई पनि समितिले समाधान गर्ने प्रयास गरिरहेको छ ।

Prabhu
Crest

बीमा क्षेत्रमा देखिएका समसामयिक समस्या तथा साधानका विषयमा छलफल गरिरहेको छ । बीमाको जनचेतना अभिबृद्धिका लागि स्थानीय निकाय सँग अन्तर्क्रिया कार्यक्रम गर्नेदेखि लिएर बीमा कम्पनीका विभिन्न विभागहरुका प्रमुखहरु सँग निरन्तर छलफल तथा परामर्श गरिरहेको छ ।

हरेक विषयमा मुक दर्शक बन्दै आएको समितिले केहि समयदेखि चलायमान छ । बीमा क्षेत्रमा देखिएका विकृति तथा समस्याको पहिचाहन गरि समाधानका लागि आवस्यक कदम अपनाउने तरखरमा बीमा समिति रहेको छ ।

समितिको सक्रियता सँगै उधारोमा बीमा पोलिसी बिक्री गर्ने अभ्यास बन्द भएको छ । आर्थिक वर्ष सकिएको महिना दिन वितसक्दा पनि पोलिसी काट्ने, एकल बीमा शुल्क मार्फत टार्गेट पुरा गर्ने र निश्चित अवधिपछि सरेण्डर गर्ने अभ्यासलाई लगभग नियन्त्रणमा ल्याएको छ ।

बजारमा केहि समस्या देखिने वित्तीकै तत्काल समाधानको लागि तात्ने बीमा समितिले आज अध्यक्षहरु सँग छलफल गर्ने छ । आजको छलफलमा अध्यक्षहरुले बीमा क्षेत्रमा देखिएका समस्याबारे जानकारी गराउनेछन् । अध्यक्षहरुको राय सुझाव संकलन गरेर भोलिका दिनमा आवस्यक पर्दा नीति निर्देशन जारी गर्ने पक्षमा बीमा समिति रहेको छ । अध्यक्ष सूर्य प्रसाद सिलवाल आए सँगै समिति चलायमान भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS