SKIP THIS

MLBL
IME Life
Beema Board

आठ जीवन बीमा कम्पनीले तयार पारे एक्चुरियल भ्यालुएसन, बीमा समितिबाट स्वीकृत हुन बाँकी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष सकिएको १४ महिना सकिन लाग्दा पनि जीवन बीमा कम्पनीहरुले एक्चुरीयल भ्यालुएसन सम्पन्न गर्न सकेका छैनन् । हालसम्म ८ वटा जीवन बीमा कम्पनीहरुले मात्रै एक्चुरियल भ्यालुएसन सम्पन्न गरेका छन् ।

बीमा कम्पनीहरुले दिएको जानकारी अनुसार हालसम्म नेपाल लाइफ, प्राइम लाइफ, एशियन लाइफ, सन नेपाल लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ लगायत ८ कम्पनीहरुले एक्चुरियल भ्यालुएसन सम्पन्न गरेर बीमा समितिमा बुझाएका छन् । बीमा समितिले उक्त भ्यालुएसनलाई आफ्नो एक्चुरी मार्फत स्वीकृत गराए पछि मात्रै लेखापरीक्षण प्रतिवेदन बनाउन पाउने छन् ।

Prabhu
Crest

एक्चुरियल भ्यालुएसन सम्पन्न गरेका बीमा कम्पनीहरुले पोलिसी होल्डरका लागि बोनसदर तय गर्न सक्ने छन् । यदि कम्पनीहरुले बुझाएको भ्यालुएसनमा कुनै पनि समस्या भेटिएन भने समितिले १०/१५ दिनमै पास गर्ने गरेको छ । तर भ्यालुएसन रिपोर्टमा कुनै कैफियत भेटियो भने समितिले परिमार्जनका लागि अनुरोध गर्छ । सोहि क्रममा कतिपय कम्पनीहरुको भ्यालुएसन पास हुन महिनौ लाग्ने गरेको पाइन्छ ।

एक्चुरियल भ्यालुएसन रिपोर्ट पास भए सँगै बीमा कम्पनीहरुले लेखापरीक्षण प्रतिवेदन तयार पारी बीमा समितिबाट पुनः स्वीकृति लिनु पर्छ । उक्त लेखापरीक्षण पास भए पछि साधारणसभा बोलाउन पाउने छन् । यस वर्ष बीमा कम्पनीहरुले एक्चुरीको समस्या देखाउदै भ्यालुएसनमा ढिलाइ गरेका हुन् । सम्पुर्ण कम्पनीहरुले एक्चुरी भ्यालुएसनका लागि भारतमा पठाउनु पर्ने हुन्छ । भारतका एक्चुरीले नेपाली बीमा कम्पनीहरुलाई खासै प्राथमिकतामा राख्दैनन् । उनिहरुले विश्वका अन्य ठुला ठुला कम्पनीको काम लिने भएकाले नेपाली बीमा कम्पनीहरुलाई प्राथमिकतामा राख्दैनन् । यसै क्रममा ढिलाइ हुने गरेको कम्पनीहरु बताउछन् ।

कम्पनीहरुले पनि आन्तरीक रुपमा एक्चुरिलाई कन्सल्टेन्टको रुपमा राख्न सकिरहेका छैनन् । यदि त्रैमासिक वित्तीय विवरणहरुमै एक्चुरीबाट काम गराउदै जाने हो भने अन्तिममा धेरै गाह्रो पर्ने अवस्था रहदैन । तर बीमा कम्पनीहरुले यसलाई उचित व्यवस्थापन गर्न सकिरहेका छैनन् ।

अघिल्लो आर्थिक वर्षदेखि बीमा कम्पनीहरुले एनएफआरएस प्रणाली अनुसार लेखापरीक्षण प्रतिवेदन तयार पार्नु पर्छ । जसले गर्दा पनि वित्तीय विवरण तयार पार्न केहि ढिलाइ भएको उनिहरुको राय छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS