SKIP THIS

MLBL
IME Life
Beema Board

बेलौरी नगरपालिकामा बीमा समिति : पशु बीमा गर्दा १५ दिनको प्रतिक्षा अवधि किन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले सोमबार कञ्चनपुरको बेलौरी नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । समितिले स्थानीय निकाय तथा सरोकारवालहरु सँग बीमा सम्बन्धी छलफल गरेको हो ।

छलफलका क्रममा स्थानीय बीमितहरुले पशु बीमा गरेको १५ दिन पछि मात्रै लागु हुने व्यवस्था प्रति गुनासो गरेका छन् । उनिहरुले बीमा गरेबापत पैसा सुरुमै तिर्नु पर्ने तर १५ दिनको वेइटिङ पिरियड किन भन्दै प्रश्न गरेका हुन् ।

Prabhu
Crest

बीमा कम्पनीहरुले बीमा शुल्क सुरुमै लिने तर यस अवधिमा पशु मर्यो भने दाबी भुक्तानी नहुने भएकाले रक्षाबरण हुन नसकेको भन्दै गुनासो गरेका हुन् । सहभागीले मोटर बीमाको तेस्रो पक्षको बीमाङ्क रकम बढाउन माग राखेका छन् । अहिले तेस्रो पक्षको बीमा गर्दा दुर्घटनाका क्रममा यात्रुको मृत्यु भएमा ५ लाख रुपैयाँसम्म दाबी पाउने व्यवस्था छ । यतिले मात्रै नपुगेको भन्दै उनिहरुले बरु बीमा शुल्क बढाएर हुन्छ या के हुन्छ १० लाख रुपैयाँसम्मको दाबी पाउने व्यवस्था मिलाउन सुझाव दिएका छन् ।

बेलौरी नगरपालिका मेयरले घर बीमालाई अभियानका रुपमा अगाडि बढाउन बीमा समिति सँग समन्वय गरेर अगाडि बढ्ने प्रतिवर्द्धता व्यक्त गरेका छन् । सहभागीहरुले दाबी भुक्तानीलाई लिएर पनि प्रश्न गरेका थिए । उनिहरुले कम्पनीहरुलाई दाबी भुक्तानी समयमा गराउन समितिले आवस्यक पहल गर्नु पर्ने उल्लेख गरेका थिए ।

कार्यक्रममा नगरपालिकाका मेयर उपमेयर, वडा अध्यक्ष, जन प्रतिनिधिहरु, स्थानीय तहमा रहेका बीमा कम्पनी तथा बैंकको शाखा कार्यालय प्रमुखहरु, शिक्षक, किसान लगायत ८० जना भन्दा धेरैको सहभागिता रहेको थियो । बीमा समितिको तर्फबाट भने उप निर्देशक विरोध भट्ट, सहायक निर्देशक निश्चलराज बानिया, सहायक प्रथम अनुराग पाण्डेको सहभागिता थियो । त्यस्तै नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको पनि सहभागिता रहेको थियो । स्थानीय तहका बीमित तथा सरोकार वाला निकायको गुनासो सुन्न खड्का कार्यक्रममा उपस्थित भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS