IME Life
Beema Board

बीमा समितिले निर्जीवन बीमाको दर बढाउदै, ननट्यारिफलाई पनि न्युनतम दर तोकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले निर्जीवन बीमाको ‘बीमा दर’ बढाउने भएको छ । समितिले विगत लामो समयदेखि बीमादरमा परिमार्जन नभएको भन्दै दर बढाउने गृहकार्य गरेको हो । समितिले दर बढाउने प्रस्ताव केहि दिनमै बोर्डमा पेश गरेर पारित गर्ने तयारी गरेको छ ।

कतिपय बीमा दरहरु २०५० सालदेखि उहि रहेको र कतिपय दरलाई समय सापेक्ष बनाउनु पर्ने देखिएको भन्दै दर बढाउने भएको हो । ननट्यारिफलाई पनि यस वर्षदेखि न्युनतम दर तोकिदिने छ । नन ट्यारिफ विजनेसलाई कम्पनीहरुले पुनर्बीमा गर्न पनि नपुग्ने दरमा बीमा गराउदै आएका छन् । जलविद्युत तथा इन्जिनियरी तर्फको बीमामा समितिले दर तोकिदिएको छैन । कम्पनीहरु आफैले जोखिम मूल्याङ्कन गरेर दर तोक्न पाउछन् ।

Prabhu
Crest

बीमितहरुले कम्पनीहरु सँग वार्गेनिङ गर्दै दर घटाउनु त कहाँ हो कहाँ कम्पनीहरु आफै अन्य कम्पनीको भन्दा सस्तोमा बीमा गर्छु भन्दै पुग्ने गरेका छन् । यसरी अस्वस्थ प्रतिस्पर्धा गर्ने क्रममा उनिहरुले सित्तैमा बीमा गर्न थालेको समितिको आरोप छ ।

प्रायाप्त बीमा शुल्क नलिने वित्तीकै उनिहरुले राम्रो पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउन सक्दैनन् । बीमाको मेरुदण्ड भनेकै पुनर्बीमा हो । पुनर्बीमाले पनि आफुले बहन गर्ने जोखिमको दर निर्धारण गरेका हुन्छ । उनिहरुले तोकेको दरमा बीमा गराउन नसक्ने वित्तीकै कमजोर पुनर्बीमा कम्पनीमा नेपाली कम्पनी पुगिरहेका छन् । कमजोर पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्दा दाबी पाउन सकिदैन । दाबीका लागि महिनौ कुर्नु पर्दा कम्पनीहरुले आफ्ना ग्राहकलाई समयमा दाबी भुक्तानी गर्न सक्दैनन् । जसले गर्दा नेपालमा बीमा भन्ने वित्तीकै दाबी भुक्तानी नगर्ने संस्थाको रुपमा चिनिन थालेका छन् ।

समितिले दर बढाउन चाहिरहेको भए पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु दर बढाउने पक्षमा छैनन् । ननट्यारिफ मार्फत व्यवसाय बढाउन सकिने भएकाले पनि उनिहरुले यसलाई यथावत राख्न खोजेका हुन् । प्रमुख कार्यकारी अधिकृतको कार्यकाल ४ वर्षको हुन्छ । आफ्नो कार्यकाल राम्रो देखाउन उधारोमा बीमा गर्नेदेखि लिएर अर्को कम्पनीका ग्राहकलाई दर घटाएर तान्ने सम्मका हर्कत यस क्षेत्रमा विगत लामो समयदेखि हुँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS