काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले नायब कार्यकारी प्रमुखका लागि १ जना, बरिष्ठ प्रबन्धक प्रशासन विभागका लागि १ जना, प्रबन्धक मानव श्रोत व्यवस्थापन विभागका लागि २ जना, सहायक प्रबन्धक वित्त विभाग र योजना अनुगमन तथा मुल्याङकन विभाग प्रमुखका लागि २ जना, शाखा प्रबन्धकका लागि २ जना, सहायक शाखा प्रबन्धका लागि ४० जना, जुनियर केन्द्र व्यवस्थापकका लागि ३० जना, सहायक प्रशिक्षार्थीका लागि ३० जना र कार्यालय सहयोगीका लागि १० जना कर्मचारी गरेको छ ।
कम्पनीले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा अब खोलिने विभिन्न नयाँ शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।