काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको जुम्ला शाखाले आफना अभिकर्ताहरुलाई पुनर्ताजगी एवं तिज बिशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कम्पनीले हिजो भाद्र १९ गते शनिबार बिहान ११ बजेदेखी बेलुका ७ बजे सम्म उक्त कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रम जुम्ला जिल्लाको चन्दनाथ न.पा. मा रहेको होटेल दौतरीमा गरेको छ । कार्यक्र कार्यक्रममा कम्पनीलाई दिएको मासिक ब्यवसायको आधारमा उत्कृष्ट तिन जना भगवती थापा,अधिराज बिष्ट,चन्द्रमा उपाध्याय अभिकर्ताहरुलाई सम्मान पनी गरेको थियो ।
कार्यक्रममा एमडिआरटि,सिनयिर एजेन्सि म्यानेजर,एजेन्सि म्यानेजर र अभिकर्ता गरी करीब ६० जना अभिकर्ता हरुको उपस्थिति रहेको थियो ।