IME Life

राष्ट्रिय बीमा कम्पनीका सिइओ अर्याललाई सरकारले मन्त्रालय तान्यो, खुला प्रतिस्पर्धाको तयारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्याललाई मन्त्रालय तानेको छ ।  अर्याललाई साढे दुई वर्ष अगाडी मन्त्रालयले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

कम्पनीको एक दशकदेखि रोकिएका लेखापरीक्षण तथा साधारणसभालाई सहजिकरण गर्न सकिने भन्दै मन्त्रालयकै प्रतिनिधिको रुपमा अर्याललाई नियुक्त गरिएको थियो । खुला प्रतिस्पर्धाबाट ल्याइएको प्रमुख कार्यकारी अधिकृतले भन्दा सरकारले पठाएको व्यक्तिलाई निर्णय गर्न सजिलो हुने अपेक्षा गरिएको थियो । यसै अवधिमा अर्यालले मन्त्रालय, महालेखापरीक्षकको कार्यालय तथा बीमा समिति सँग धेरै पटक समन्वय गरेर आर्थिक वर्ष २०७२/७३ सम्मको लेखापरीक्षण सम्पन्न गरि अन्तिम स्वीकृतिका लागि बीमा समितिमा पठाएका छन् ।

Prabhu
Crest

केपि ओलीको सरकार हटे पछि गत साउन पहिलो साता कर्मचारी संघ निकट कर्मचारीहरुले नयाँ प्रमुख कार्यकारी अधिकृतको माग गर्दै अर्यालको कार्यकक्षमा ताला लगाएका थिए । संघले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्नु पर्ने माग राखेका थिए । सरकारले पठाएको प्रमुख कार्यकारी अधिकृतले व्यवसायिक हिसावले काम नगरेको, मन्त्रालय र बीमा समिति सँग समन्वयात्मक हिसावले काम गर्न नसकेको भन्दै आरोप लगाउदै आएका थिए ।

उनिहरुले ओली सरकारले नियुक्त गरेको व्यक्तिलाई देउवा सरकारले हटाउने आकलन गर्दै खुला प्रतिस्पर्धाबाट नियुक्ति गराउनका लागि दवाव दिएका थिए । तत्कालिन समयमा सरकारले खासै चासो दिएन । तर पछिल्लो समय एकाएक बैकल्पिक व्यवस्था नगरी सिधै अर्याललाई तानेको छ ।

तर सञ्चालक समितिले भने प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाबाट चयन गर्न आन्तरिक तयारी गरेको छ । यसका लागि कम्तिमा पनि बोर्डलाई सरकारको मौखिक सहमति आवस्यक पर्नेछ । सरकारले खुला प्रतिस्पर्धाका लागि आवस्यक प्रकृयाँ अगाडी नबढाइ पदमा लामो समय खाली राख्ने हिसावले तानेको छ ।

अर्याललाई मन्त्रालय ताने सँगै अवको केहि समय प्रमुख कार्यकारी अधिकृत चयन हुन सक्ने अवस्था रहदैन । खुला प्रतिस्पर्धा मार्फत नियुक्त गर्ने हो भने पनि बिज्ञापन खुला गर्नु पर्यो त्यस पछि परिक्षा लिएर नियुक्त गर्न समय लाग्छ । यदि सरकारले पुनः मन्त्रालयकै अर्का व्यक्तिलाई पठाउन सक्ने सम्भावना पनि उत्तिकै छ । बजारमा २० वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । अन्य कम्पनीहरु सँग प्रतिस्पर्धा गर्नु पर्ने भएकाले सधै सरकारबाटै आउने प्रतिनिधिबाट कम्पनीले प्रतिस्पर्धा गर्न सक्दैन ।

हिजोका दिनमा लामो समयसम्म रोकिएका लेखापरीक्षणमा सहजिकरण हुने अपेक्षामा मन्त्रालयबाट आएका प्रतिनिधिले काम गर्दै आएकोमा अव त्यस्तो अवस्था छैन । २०७२/७३ सम्मको लेखापरीक्षण सम्पन्न भइसकेको र २०७३/७४ को लेखापरीक्षणमा खासै व्यवहारिक समस्या देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS