Connect IPS
IME Life

सानिमा लाइफको कारोबार सुरु, किन्ने मात्रै बेच्ने छैनन्

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो बजारमा कारोबार सुरु भएको छ । कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँबाट सुरु भएको हो । नेपाल स्टक एक्सचेजले दिएको अधिकतम रेञ्जबाटै कारोबार सुरु भएको हो । हालसम्म ३४३ कित्ता शेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

कम्पनीको शेयर खरिदका लागि ९ लाख ९६ हजार कित्ताको माग देखिन्छ । समग्र बीमा कम्पनीहरुको शेयर मूल्य पछिल्लो समय न्युनतम पनि ६ सय रुपैयाँ भन्दा माथि छ । त्यसैले गर्दा कम्पनीको शेयरमा अत्याधिक आकर्षण देखिएको हो । यहि हिसावले कम्पनीको शेयर मूल्यमा अझै ७/८ कारोबार दिनसम्म सकारात्मक सर्किट लाग्ने देखिन्छ ।

Prabhu
Crest

दोस्रो बजारमा सूचिकृत जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा सस्तो शेयर मूल्य रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ६५६ रुपैयाँ रहेको छ । बीमा कम्पनीको शेयरमा पछिल्लो समय लगानीकर्ताको आकर्षण देखिदैन । बीमा समितिले कम्पनीको शेयर मूल्यमा चलखेल गर्न हकप्रद लगायतका सूचना चुहाउदै भित्रि कारोबार गरेको पाए पछि हकप्रद शेयर निष्काशनका कडाइ गर्दै आएको छ । यसले पनि बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण नदेखिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS