IME Life
Beema Board

रिलायबल नेपाल लाइफको नयाँ शाखा नवलपरासीको अरुणखोलामा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको अरुणखोलामा नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो स्थापनाको चौथो बर्षको अवसर पारी अरुणखोलामा नयाँ शाखा विस्तार गरेको हो।  उक्त नयाँ शाखाको उद्धघाटन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक राजेन्द्र पौडेलले गरेका हुन् ।

कार्यक्रममा संस्थाका क्षेत्रीय प्रवन्धक पौडेलले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स स्थापनाको छोटो अवधी मै सर्वाधिक बीमित गराउने पहिलो बीमा कम्पनी हुन सफल भएको बताउँदै रिलायबलले बीमितको दाबी रकम भुक्तानी मात्रै नभई बिरामी हुँदा औषधी उपचार खर्च समेत बेहोर्ने भएकाले रिलायबल नेपाल लाइफ बीमा कम्पनी कम्पनीहरुको भिडमा अग्रणी भुमिकामा रहेको बताए ।

Prabhu
Crest

त्यस्तै, कार्यक्रममा मध्यबिन्दु नगरपालिका वडा नं १० का वडाध्यक्ष चुराबहादुर थापाले लाइफ इन्स्योरेन्सहरुको भिडमा रिलायबल नेपाल अब्बल रहेको महसुस आँफूले समेत गरेको बताउँदै नगरबासीहरुलाई जीवन बीमा गर्न आग्रह गरे ।

कार्यक्रममा मध्यबिन्दु वडा नं १२ का वडाध्यक्ष कुलबहादुर गुरुङ्ग, वडा नं १० कि वडा सदस्य दुर्गालक्ष्मी काफ्ले, रिलायबलका कावासोती शाखा प्रवन्धक शंकर खनाल, रिलायबलका एमडीआरटी रमेश किशोर लम्साल, आरएमई अभिकर्ता सुरज भण्डारी लागायतको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS