काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव १८ अंकले बढेर २,९७७ दशमलव ०२ को विन्दुमा कायम भउको छ । आज ६८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १०५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ,होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट उपसुचक बढेका छन् ।
आज २२६ वटा कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ३० करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावरको २३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको २३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको २२ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् । ओरिएण्टल होटल्सका लगानीकर्ताले ६ दशमलव १४ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड मोदी हाइड्रोपावरका लगानकिर्ताले ६ प्रतिशतले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ९ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् । खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ७७ प्रतिशतका दरले गुमाएका छन् ।