IME Life
Beema Board

सानिमा लाइफको आइपीओ नेप्सेमा सुचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ दोस्रो बजार सुचिकृत भएको छ । आज कम्पनी र नेप्सेबीच दोस्रो बजारमा आइपीओ सुचिकृत गरी कारोबारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेप्सेका तर्फबाट निमित्त सीईओ निरन्जन फुयाल र कम्पनीका तर्फबाट सीईओ अगम मुखियाले  हस्ताक्षर  गरेका छन्।  कम्पनीको २ करोड कित्ता आइपीओ सुचिकृत भएको हो । यससँगै अब कम्पनीको दोस्रो बजारमा शेयर कारोबार हुनेछ ।

कम्पनीको शेयर डिम्याट खातामा आएसँगै दोस्रो बजारमा कारोबार हुन लागेको हो । डिम्याट खातामा सानिमा लाइफलाई ‘एसएलआई’        सिम्बोल प्रदान गरिएको छ ।

Prabhu
Crest

दोश्रो बजारमा हुने पहिलो शेयर कारोवारका लागि न्युनतम प्रतिकित्ता १०३ रुपैयाँ १७ पैसा र अधिकतम ३०९ रुपैयाँ ५१ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन ।

सानिमा लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य १०३ रुपैयाँ १७ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS