IME Life
Beema Board

एलआईसी नेपालले वितायो दुई दशक, जीवन बीमा कोष ८१ अर्ब नाघ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन ‘एलआईसी’ नेपाल २० वर्ष पुरा गरि २१ औ वर्षमा प्रवेश गरेको छ । सन् २००१ सेप्टेम्बर एक अर्थात आजैका दिन कम्पनीले जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो ।

यसै वर्ष नेपाल सरकारले दुई विदेशी जीवन बीमा कम्पनीलाई भित्र्याएको थियो । मेट लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन दुबैले विगत २० वर्षदेखि नेपालमा जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका छन् । भारतीय जीवन बीमा निगमको सहायक कम्पनीको रुपमा स्थापना गरिएको यस कम्पनीमा निगम एक्लैको ५५ प्रतिशत शेयर रहेको छ । निगम पछि दोस्रो ठुलो शेयरधनी विशाल ग्रुपको मात्रै २५ प्रतिशत स्वामित्व रहेको छ ।

Prabhu
Crest

दुई दशकको इतिहासमा कम्पनीले जीवन बीमा कोषमा ८१ अर्ब ०६ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । विगत १० वर्षको लाभांसलाई हेर्ने हो भने कम्पनीले अन्य जीवन बीमा कम्पनीहरुको तुलनामा राम्रो लाभांस दिन सफल भएको देखिन्छ ।

कम्पनीले गत आर्थिक वर्षमा ५९.४४ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षमा १९ करोड ९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

कम्पनीले खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जनमा १४ प्रतिशत भन्दा धेरैले सुधार गर्न सफल भएको छ । कम्पनीले खुद बीमा शुल्क आर्जन १७ अर्ब ०४ करोड रुपैंयाँ आर्जन गरेको छ भने कुल बीमा शुल्क आर्जन १७ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।कम्पनीको चुक्ता पूँजी २ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६४ करोड ८७ लाख रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS