Connect IPS
IME Life

बीमा सर्भेयरको लाइसेन्सका लागि ११६८ जनाको आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितले बीमा सर्भेयरको लाइसेन्सका लागि आह्वान गर्दा ११६८ जनाले आवेदन दिएका छन् । समितिले ५ वर्ष पछि आह्वान गरेको सर्भेयरको लाइसेन्सका लागि यति धेरैको आकांक्षा देखिएको हो । भदौ ८ गतेदेखि हिजो १४ गतेसम्म अनलाइन मार्फत आह्वान गरिएको थियो ।

सोचे भन्दा धेरै माग आए पछि समितिले सर्भेयरको तालिम सुरु गरिसकेको छ । गत १० गतेदेखि १४ गतेसम्ममा २५ जनालाई आधारभुत तालिम दिइसेकको छ भने भोलिदेखि दोस्रो लटका २५ जनालाई तालिम दिन सुरु गर्दैछ ।

Prabhu
Crest

समितिले आधारभुत तालिम लिएकालाई बीमा कम्पनीहरुमा १५ दिनको इन्ट्रनसिप पछि मात्रै लाइसेन्स दिने जनाएको छ । बीमक संघ सँग समन्वय गरेर समितिले एउटा शाखामा दुईदेखि तीन जनासम्मका लागि इन्ट्रनसिपका लागि राख्ने सहमिति भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

हाल बजारमा ७ सय हाराहारीले सर्भेयरको लाइसेन्स लिएका व्यक्तिहरु छन् तर सक्रिय रुपमा जम्मा एक डेड सय मात्रै छन्। केहि निश्चित व्यक्तिहरु मात्रै हाबी भएको भन्दै समितिले खुला रुपमा सर्भेयरको लाइसेन्स आह्वान गरेको हो । एकै पटक ११६८ जनाको आवेदन पछि केहि समयदेखिको सर्भेयरको अभावलाई पुरा गर्ने समितिको विश्वास छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS