IME Life
Beema Board

सानिमा लाइफको आइपिओ हितग्राही खातामा जम्मा, ‘एसएलआई’ संकेत प्रदान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा लाइफको प्राथमिक शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले गत साउन ३० गते साधारण शेयर बाँडफाँड सम्पन्न गरेको थियो ।

Prabhu
Crest

सानिमाले साउन २० गतेदेखि २४ गतेसम्म प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्दा २४ लाख १९ हजार ८४८ जनाले आवेदन दिएका थिए । उनिहरु मध्ये भाग्यसाली ५ लाख ४० हजारले १०/१० कित्ता शेयर प्राप्त गरेका थिए । सर्वसाधारण समुह तर्फको ६० लाख  कित्तामध्ये ५ प्रतिशत अर्थात तीन लाख कित्ता कर्मचारी र यतिनै बराबरको शेयर म्युचुअल फण्डलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको ५४  लाख  कित्ता आम सर्वसाधारणले प्राप्त गरेका हुन् ।

गोला प्रथाबाट शेयरधनी भएका शेयरधनीको खातामा उक्त शेयर डिम्याट खातामा जम्मा भएको हो । डिम्याट खातामा शेयर गए सँगै कम्पनीले दोस्रो बजारमा कारोबारका लागि केहि दिनमै नेपाल स्टक एक्सचेन्ज सँग सम्झौता गर्नेछ । डिम्याट खातामा सानिमा लाइफलाई ‘एसएलआई’ सम्बोल प्रदान गरिएको छ ।

दोश्रो बजारमा हुने पहिलो शेयर कारोवारका लागि न्युनतम प्रतिकित्ता १०३ रुपैयाँ १७ पैसा र अधिकतम ३०९ रुपैयाँ ५१ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । सानिमा लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य १०३ रुपैयाँ १७ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ ।

यदि आर्थिक वर्ष ७६/७७ को लेखापरिक्षण गरिएको वित्तीय विवरण थियो भने १०९ दशमलव ६७ को आधारमा रेञ्ज (१०९.६७ देखि ३२९.०१ ) तय हुने थियो तर आर्थिक वर्ष ७६/७७ को व्यवस्थापनबाट प्रमाणित अपरिस्कृत वित्तीय विवरण हो।  स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोवार हुनु पर्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS