IME Life
Beema Board

आज अन्तिम दिन तेह्रथुम पावरको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । आज अन्तिम दिन तेह्रथुम पावर कम्पनी लिमिटेडको आइपीओमा २३ लाखभन्दा बढीले आवेदन दिएका छन् । विक्री प्रबन्ध एनआईविएल एस क्यापिटलका अनुसार आज आइतबार साँझ ५ बजेसम्म २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका हुन् । यो माग गरिएको भन्दा ४२ गुणा बढी आवेदन हो ।

कम्पनीले भदौ ९ गतेबाट सर्वसाधारणलाई २० प्रतिशत अर्थात आठ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर बिक्री गरेको हो । कम्पनीको कुल शेयरको २ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सकिने व्यवस्था थियो । उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिँदा ठिक देखिन्छ । कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते सेबोनमा निवेदन पेश गरेकोमा थियो ।

यसअघि नै कम्पनीले जारी पूँजीमध्ये १० प्रतिशत अर्थात चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न गरीसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS