काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेर ३,०४४ दशमलव ८६ अंकको विन्दुमा कायम भएको छ । आज फाइनान्स बाहेक सबै उपसूचक घटेका छन् । फाइनान्स उपसूचक ० दशमलव ६७ प्रतिशतले बढेको छ ।
आज दिनभरिमा २२७ वटा कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको १ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, अरुण कावेली पावरको ८७ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन बिकास लघुवित्तको ७४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्स कम्पनीको ३८ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टिरीको ३४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । अरुण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रु रु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाइका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । सिङगटी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ३५ प्रतिशतका दरले गुमाएका छन् ।