IME Life
Beema Board

एक इन्स्योरेन्स कम्पनी सहित चार कम्पनीको संस्थापक शेयर लिलामीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा रहेको प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामीण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ ।

कम्पनीले प्रभु बैंकको ५० हजार कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता, ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंकको ७० हजार कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्रीमा ल्याएको हो ।

Prabhu
Crest

उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले भदौ २५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रभु बैंकको शेयरको न्यूनतम मूल्य १८५ रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सको ४३७ रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ४५५ रुपैयाँ र प्राइम कमर्सियल बैंकको २०८ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

सबै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा सबै न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको क्यापिटलले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS