IME Life
Beema Board

नेप्सेका सिइओ साउदले दिए राजिनामा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले अर्थमन्त्रालयमा राजिनामा दिएका छन् । साउदले पत्रकार सम्मेलन गरेर राजिनामा दिएको जानकारी दिएका हुन् । साउदले आजै अर्थमन्त्रालयमा गएर राजिनामा दिएको जानकारी दिएका हुन् । अर्थले उनको राजिनामा स्वीकृत गरे सँगै उनले नेप्सेको कार्यालयबाटै राजिनामा दिएको घोषणा गरेका हुन् । सर्वोत्तम सिमेन्टको कारोबारका विषयमा मन्त्रालयले छानविन गरिरहेकोले उक्त छानिविनमा सहयोग गर्नका लागि आजैका मितिदेखि लागु हुने गरि राजिनामा दिएको जानकारी गराएका छन् ।

सर्वोत्तम सिमेन्टको भित्री कारोबार गरेको प्रमाणित भए पछि उनलाई अर्थमन्त्रालयले पटक पटक स्पष्टिकरण माग गरेको थियो । साउद सहित नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङ्गानाले पनि आफ्नो छोरीको नाममा सर्वोत्तम सिमेन्टको गोल्डेन शेयर खरिद गरेका थिए । साउदको राजिनामा सँगै ढुङ्गाना पनि नैतिक दवावमा परेका छन् ।

Prabhu
Crest

साउदलाई देउवा सरकारले नै २०७४ असोज २३ गते चार वर्षका लागि सिइओमा नियुक्त गरेको थियो । कार्यकाल सकिनु भन्दा डेढ महिना अगाडि नै साउद राजिनामा दिएर बाहिरिएका छन् । साउदकै कार्यकालमा नेपाल स्टक एक्सचेन्जले पुर्ण रुपमा अनलाइन कारोबार सुरु गरेको थियो । तर सर्वोत्तम सिमेन्टको भित्रि कारोबार गरेको खुलासा भए पछि राजिनामा दिएर बाहिरिनु परेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS