IME Life
Beema Board

भदौ १७ गतेदेखि एनएमबि सरल बचत फण्डको १० करोड इकाई निष्काशन हुँदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फन्डले भदौ १७ गतेबाट इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । फण्डले १० करोड इकाई निष्काशन तथा विक्री गर्न लागेको हो ।

कोष प्रवद्र्धक एनएमबि बैंक र योजना व्यवस्थापक क्यापिटल रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईको ४० प्रतिशत अर्थात ४ करोड इकाई प्रथम चरणमा निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । निष्काशन गर्न लागेको कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रबद्र्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला हुनेछ ।

Prabhu
Crest

उक्त इकाईमा बन्द हुने मिति छिटोमा भदौ २१ गते बैंकिङ समय सम्म रहेको छ । यस अवधिसम्ममा पनि विक्री नभए भदौ ३१ गतेसम्म खुला रहने जनाएको छ । उक्त इकाईमा न्यूनतम १ सय इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सकिनेछ । धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि आस्बा सेवाका बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS