काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बर्दघाट नवलपरासी कार्यालयले मृतकको परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । कम्पनीले स्व.ज्योमो हिसे छोज्ञाल्मोको मृत्यु दावी रकम हस्तान्तरण गरेको हो ।
कम्पनीका अनुसार सन २०१८ अगष्ट २३ मा २० लाखको दोहोरो र्दुघट्ना लाभ सहितको १५ बर्षे जीवन अमृत आजिवन जीवन बीमा खरिद गरेका र उनको दुर्घट्नाबाट मृत्यु भएकोले कम्पनीले बीमा दावी बाफत ४३ लाख ३३ हजार ६ सय ६७ रुपैया स्व.ज्योमो हिसे छोज्ञाल्मो इच्छाइएको ब्यक्तीको दिदि देव माया लामा लाइ भुक्तानी गरेको जनाउको छ ।
उक्त रकम नेशनल लाईफ इन्स्योरेन्स का बर्दघाट शाखा प्रमुख मोहन भट्टराई , परासी शाखा प्रमुख मनोज यादव तथा कम्पनीका सिनियर विजनेश म्यानेजर दिपक कुमार थिङले एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।